दफा ६
उपाध्यक्ष सम्बन्धी व्यवस्था
६. उपाध्यक्ष सम्बन्धी व्यवस्थाः
(१) उपाध्यक्ष समितिमा पूर्णकालीन समय कामकाज गर्ने प्रमुख पदाधिकारी हुनेछ ।
(२) उपाध्यक्षको पदावधि बढीमा चार वर्षको हुनेछ ।
(३) अध्यक्षको सामान्य निर्देशनमा रही समितिको दैनिक कार्य सञ्चालन गर्नु, गराउनु उपाध्यक्षको कर्तव्य हुनेछ ।
(४) उपाध्यक्षको पारिश्रमिक, सुविधा तथा सेवाको शर्त सम्बन्धी व्यवस्था नेपाल सरकारले तोके बमोजिम हुनेछ ।